वीरगञ्जको बिर्ताबजारमा शुक्रबार साँझ साढे ७ बजे ब म पड्किदा ३ जना घाइते भएका छन् । स्‍थानीय मिठु शंकरको कागती पसल नजिकै ब म बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटमा कागती व्‍यापारी मिठु गम्भीर घाइते भएका छन् भने अरु २ जना सामान्य घाइते भएका छन् । उनीहरूको परिचय खुलेको छैन ।

मिठुलाई उपचारका लागि नारायणी अस्पताल लगिएको वडा अध्यक्ष जगत साह कानुले जानकारी दिए । प्रहरीले बम नभई पटाका पड्किएको आशंका गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले जानकारी दिए । अनलाइन खबर बाट साभार