बाँके - शुक्रबार बेलुका सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करले दुई नेपाली महिलाको ज्यान गएको छ ।

ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको हो । घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेकाे भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा भट्टराईको घटनास्थलमै ज्यान गएको हो भने थापाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।