झापा । दक्षिणी झापाको कचनकवल नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा प्रहरीले भद्रपुरबाट बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले भद्रपुर नगरपालिका १० लेखनाथ चोकबाट अन्दाजी ती लाख बराबरको लत्ताकपडा बरामद गरेको हो ।

बगानबाट आएको यात्रुवाहक बसभित्र भन्सार छलेका अवैध सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले शुक्रवार बिहान उक्त सामान बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बरामद गरिएको सामानमा कुर्ता सुरुवाल, सर्टको टोल कपडा र सारी रहेको छ । बरामद गरिएको सामानलाई भन्सार बुझाइसकेको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड