मेष– यात्रा एवं व्यक्तिगत काममा खर्च बढ्नेछ । सामान्य क्षति हुने तथा व्ययभार थपिनेछ । फाइदा अरुलाई जाने तथा मानसिक चिन्ता थपिनेछ । साताको मध्यमा भने काममा प्रगति देखिने एवं साथीभाइसँग रमाइलो यात्रा हुनेछ । प्रेममा वृद्धि एवं धनसम्पतिको कारोबार बढ्नेछ । पारिवारिक सहयोग मिल्नाले आँटको काममा सफलता हुनेछ । बोली वचनको प्रभावले नयाँ मित्रता कायम हुने तथा नयाँ कामको शुरुवात हुनेछ ।

वृष– आयआर्जन राम्रो हुने देखिन्छ । व्यवसायमा फाइदा मिल्नाले आर्थिक बोझ कम हुनेछ । सुख सुविधा एव घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सास्ती एवं झन्झट बेहोर्नुपर्नेछ । सरसामान हराउन सक्ने तथा अरुको जालझेलमा घाटा मिल्न सक्नेछ । साताको अन्त्यमा भने पारिवारिक सहयोगले इच्छाएको कुरामा साथ मिल्नेछ तथा नयाँ मित्र भेटघाट एवम प्रेममा प्रगति देखिन्छ ।

मिथुन– राजनीतिक क्षेत्रमा जिम्मेवारी थपिनेछ । काममा सफलता मिल्नाले नयाँ काममा आँट आउनेछ । रोजगारीमा खुशीयाली एवं आर्थिक वृद्धि हुनेछ । कृषि चौपायाबाट आर्थिक फाइदा एवं मातृपक्षबाट सहयोग मिल्नेछ । आम्दानी राम्रो हुनाले कारोबारमा सहजता आउनेछ । साताको अन्त्यमा भने कारोबार बिग्रिने तथा अरुले बाधा दिनेछन् । मानसिक तनाव बढ्नाले काम अधुरो हुनेछ ।

कर्कट– वैदेशिक क्षेत्रमा प्रगति देखिन्छ । धार्मिक रुचि बढ्ने एवं धार्मिक यात्रा हुनेछ । सामाजिक क्षेत्रमा पहिचान मिल्ने तथा ठुलाबडाले साथ दिनेछन् । पद प्रतिष्ठामा वृद्धि हुने तथा राजनीतिक क्षेत्रमा पहुँच मिल्नेछ । आर्थिक क्षेत्रमा प्रगति एवम नयाँ धनमाल जोडिनेछ । जग्गा जमिनको कारोबाट फाइदा मिल्ने तथा महिला पक्षबाट भरपुर सहयोग पाइनेछ ।

सिंह– साताको सुरुमा सामान्य बाधा अड्चन हुनेछ । स्वास्थ्यले धोका दिने तथा आफन्तले साथ छोड्नेछन् । साताको मध्यमा भने काममा प्रगति देखिने तथा आफन्तजनबाट सहयोग मिल्नेछ । भाग्यले साथ दिनाले पुराना कामबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने काममा प्रशंसा मिल्ने, रोजगारीका अवसर आउने तथा साथीभाइको सहयोगले वैदेशिक काममा सहजता मिल्नेछ ।

कन्या– व्यावसायिक यात्रा हुनेछ । साझेदारी क्षेत्रमा फाइदा मिल्नाले नयाँ कामको योजना बन्नेछ । साताको मध्यमा भने काममा वाधा आउने तथा सामान्य गल्तीले अपजसको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने समयले साथ दिनाले घर बाहिरको काम बन्ने एव वैदेशिक यात्राको अवसर मिल्ने तथा धार्मिक यात्रा हुनेछ ।

तुला– खेलकुद एवम मनोरञ्जनमा समय व्यतित हुनेछ । मुद्दा मामिला एवं अदालती काममा सहजता मिल्नेछ । ठूलाबडाको साथ मिल्नाले काम छिटो सम्पन्न हुनेछ । जीवनसाथीबाट सहयोग मिल्नाले काममा सजिलो हुनेछ । पारिवारिक भेटघाट हुने तथा प्रेमी प्रेमिकाबीच मायाप्रेम बढ्नेछ । साताको अन्त्यमा भने सामाजिक प्रतिष्ठा घट्ने तथा शारिरीक समस्या देखिन्छ ।

वृश्चिक– अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तानको मायाले प्रशन्नता बढ्नेछ । आम्दानीको स्तर वृद्धि हुनाले धनको कारोबारमा सहजता मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम पुरानो ऋणभार कम हुनेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा हुने, पारिवारिक भेटघाट हुने तथा मनोरञ्जनमा खर्च हुनेछ ।

धनु–मानसिक अशान्ति बढेर जानेछ । घरायसी झमेला आउनाले आपसी सहयोग कम हुनेछ । चिसोको समस्या एवं स्वास्थ्यमा तलमाथी पर्नेछ । अध्ययनमा भने प्रगति एवम कला क्षेत्रमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा फाइदा एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । साताको अन्त्यमा भने मावली पक्षबाट सहयोग एवं माया बढ्नेछ ।

मकर– छोटो यात्रा गर्नुपर्नेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी काम बन्नेछ । दिदीबहिनी पक्षबाट आर्थिक काममा सहयोग मिल्नेछ । साताको मध्यमा भने आफन्तजनसँग मनमुटाव एवं मित्रतामा दरार आउनेछ । साताको अन्त्यमा भने आर्थिक कारोबार बढ्ने एवम आकश्मिक लाभ हुनेछ । पढाइमा सफलता मिल्ने एवं सन्तानको सुख पाइनेछ ।

कुम्भ– बोलीबचनबाट काम बन्नेछ । धन सम्पति जोहो हुने तथा व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । भोजनको सुख मिल्ने एवं साथीभाइसँग यात्राको तय हुनेछ । भाइबन्धुबाट काम बन्ने एवं जोस, जाँगर बढेर जानेछ । आत्मबल बढ्नाले काम छिटो पूरा हुनेछ । साताको अन्त्यमा भने पारिवारिक वैमनस्यता एवं मानसिक अशान्तिले घेर्नेछ ।

मीन– मनोरञ्जनमा दिन व्यतित हुनेछ । शंकाले मित्रतामा समस्या ल्याउने एवं सामान्य वादविवाद हुनेछ । काममा भने प्रगति एवं अरुले प्रशंसा गर्नेछन् । बोली बचनको प्रभावले काममा प्रगति देखिन्छ । भोजभतेरमा सहभागिता एवं सभा, गोष्ठीमा निम्ता मिल्नेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाटमा दिन बित्ने एवं सामुहिक काममा खर्च हुने तथा छोटो यात्रा एवं स्थान परिवर्तन गर्नुपर्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah