काठमाडौं। उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्किनु हुने भएको छ।नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको विस्मेत विवरण नआएपछि आज स्वदेश फर्किने कार्यक्रम स्थगित भएको हो।
स्वास्थ्य परीक्षणमा उहाँ स्वस्थ देखिए पनि मृगौला पत्यारोपणपछिको समग्रमा परीक्षण गरिएको कारण समय लम्बिएको स्रोतले बताएको छ। प्रधानमन्त्री ओली यही साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो।









