दमक/झापाको दमकबाट प्रकाशित पिपुल्स टाइम्स दैनिकले आज एक कार्यक्रबबिच आफ्नो सातौ बार्षिकोत्सव मनाएको छ । पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको प्रमुख आतिथ्यमा दमक भएको बार्षिकोत्सव कार्यक्रममा दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यूवराज दाहाल, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौड्याल, रेडक्रस दमकका सभापति लिा गुरागाइ, नेपाली काँग्रेसका भूमि राइ, माओबादी केन्द्रका गगन पुरी लगायतले पत्रिकाको सफलता सहित शुभकामना ब्यक्त गरेका थिए ।
यसैगरि पत्रिकाका संस्थापक सम्पादक कमन देवान, प्रेस यूनियनका बिष्णु सुब्बा, सहकारीकर्मी लक्ष्मि दाहाल लगायतले बालेको कार्यक्रमको सञ्चालन टिकाराम उप्रतीले गरेका थिए । स्वागत मन्तब्य पत्रिकाका सम्पादक खेम दाहालले गरेका थिए । सो अवसरमा पत्रिकाका अध्यक्ष प्रविण चाम्लिङले पत्रिकालाई तटस्थ र निष्पक्ष बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।










