#

खोला किस्ने तर पुल सिस्ने ! ९ बर्षमा पुरा भयो बल्ल योजना

  विष्णुप्रसाद पोखरेल   २०७६ श्रावण २७, सोमबार २०:०८ मा प्रकासित

विष्णुप्रसाद पोखरेल

दमक । झापाको गौरादहमा ३ बर्षमा निर्माण पुरा गर्नु पर्ने पुल ९ बर्षपछि पुरा भएको छ । बर्षेनी बर्षाको समया बाँसको अस्थाइ पुल बनाएर स्थानीयले जोखिमपुर्ण यात्रा गर्ने बाध्यता टरेको छ । केहिदिन देखि गौरादह नगरपालिका १ र कमल गाँउपालिका १ जोड्ने पुल पुर्ण रुपमा सञ्चालनमा आएको छ ।

२०६८ साल फागुन ७ गते सम्झौता मितिले तीन वर्षमा पुरा गर्ने गरी उदयपुरको रौताहा जेबी कन्ट्रक्सन कम्पनीले ५० मिटर लामो यो पुल निर्माण गर्न दुई करोड ४७ लाख १२ हजारमा पुल ठेक्का लिएको थियो ।

किस्ने खोलामा पुल धेरै नै आवश्यक परेकाले त्यो समय खोलाको नाम नभएर योजनाको नाम सिस्ने बनाएर यो योजना ल्याईएको समेत बताइन्छ । किस्ने खोलामा सिस्ने पुल देख्दा कतिपयले अचम्म पनि मान्ने गरेकाछन् ।

संबिधान सभा सदस्य दीपक कार्कीका अनुसार कमल गाँउपालिका, तत्कालिन अवस्थामा बैगुन्धुरा लगायतका क्षेत्र जोड्ने पुल नहुँदा बर्षादमा सामान्य प्रकारका सवारी साधनसमेत ओहोरदोहोरमा ठुलो समस्या रहेको थियो ।

बाँसको पुल नबन्दा यहाँका स्थानीयको जिबन निक्कै कष्टप्रद थियो, कार्कीले भन्नुभयो । एकैपटक एउटै खोलामा तीनवटा पुल आवश्यक परेकाले आयोजनाको नाम सिस्ने बनाईएको हो, कार्कीले खुलाउनु भयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु