दमक/मेची सहकारी संस्थाले एकबर्ष भित्रमा आफ्नो वासलात २ अरव पुर्याउने घोषणा गरेको छ । गत बर्ष सहकारीको वासलात १ अरब ४५ करोड १७ लाख ४२ हजार ७ सय ५३ रुपिया रहेको सहकारी संस्थाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संस्थाका ब्यवस्थापक खोमप्रसाद बगालले आर्थिक विवरण सुनाउदै शेयर पुजी, निक्षेप तथा बचत, कोष, कर्जा लगानी र सम्पती बृद्धि गरेर वासलातलाइ २ अरव पुर्याइने जनाए ।

यो पटक ३ करोड ५७ लाख ४९ हजार २ सय ८ रुपिया खुद नाफा गरेकोमा चालु बर्ष यसलाइ बढाएर ६ करोड ५९ लाख ६० हजार बनाउने लक्ष्य रहेको बगालेले जानकारी दिए ।

संस्थाका अध्यक्ष नारायण भट्टराइले सदस्यमुखि नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिएका थिए । घरवार विहिनलाइ घर बनाएर दिने, सदस्य विस्तार तथा सुविधा बृद्धि गर्ने जस्ता नयाँ योजनाहरु सार्वजनिक भएका छ ।

सहकारीका सल्लाहाकार संयोजक एवं दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले सहकारी अनुगमन गरिने जनाए । उनले एकीकरणका लागि समेत प्रक्रिया सहज बनाइएको बताए ।

सहकारीको प्रकाशन तथा प्रचार उपसमितिकी अध्यक्ष गीता कुवरको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन नरपति पाण्डेले गरेका थिए । सहकारीको आजै एक कार्यक्रमबीच प्रदेश सभा सदस्य अर्जुन राइले प्रतिवेदन सार्वजनिक समेत गरेकाछन् ।