काठमाडौं- लोकसेवा आयोगको विज्ञापनविरुद्ध ‘आरक्षण बचाऊ आन्दोलन’ पक्षले मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका छन्।

आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका हुन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रदर्शनकारीहरु सामान्‍य घाइते भएका छन्।

यसअघि लोकसेवा आयोगको कार्यालय अगाडि, भद्रकाली, बानेश्वरलगायतका विभिन्‍न ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नयाा विज्ञापन जारी गर्न माग गरेका छन्। देश संचार बाट साभार