#

ट्वीटरमा आक्रोश पोखेपछि सन्दीपले पाए अमेरिकाको भिसा

  पत्रपत्रिका   २०७६ श्रावण २८, मंगलवार २०:२९ मा प्रकासित

काठमाडौँ – आफूलाई अमेरिकाले भिसा नदिएको भन्दै ट्वीटरमा आक्रोश पोखेका नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने अन्ततः अमेरिका जान पाउने भएका छन् ।

मंगलवार (आज)बिहान लामिछानेले अमेरिकाले आफ्नो भिसा रिजेक्ट गरिदिएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा आक्रोश पोखेका थिए ।

एक ट्वीट लेख्दै लामिछानेले भनेका थिए, ‘२०१९ टुर्नामेन्टका लागि अमेरिका जान खोजेको मेरो भिसा रिजेक्ट गरियो, मलाई अचम्म लागेको छ ।’

त्यसपछि सन्दीपको यो ट्वीट सामाजिक सञ्जालमा भाइरल भयो । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले त यसलाई नेपालमाथिको अपमान भन्दै टिप्पणीसमेत गरे ।

सन्दीपले यस्तो ट्वीट गरेको ४ घन्टामा नेपालस्थित अमेरिकी दूतावासले बोलाएर उनको अमेरिका जाने प्रक्रिया रिभ्यू गर्यो । दूतावासले रिभ्यू गरेपछि उनी अमेरिका जान योग्य भन्दै भिसा दियो । त्यसपछि सन्दीपले अर्को ट्वीट गर्दै समस्या समाधान भएको बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु