#

झापाको माईखोला एक व्यक्ति मृ त फेला

  पत्रपत्रिका   २०७६ श्रावण २९, बुधबार १५:२५ मा प्रकासित

भद्रपुर । झापाको माई खोला एक व्यक्ति बुधवार बिहान मृत अवस्थामा फेला परेको छ । प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका १० स्थित माईखोलाको पुलदेखि एक सय मिटर दक्षिण खोलामै सोही नगरपालिका माइधार बस्ने ५५ वर्षीय सपन चौधरी मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

माइखोलामा मान्छे मृत फेला परेको भनी स्थानीयले देखेर अस्थायी प्रहरी चौकी माइधारमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर शवको कानुनी प्रक्रिया पुरा पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरी कार्यालय झापाले जनाएको छ । टाइम्स अफ प्रदेश बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी