#

झापामा बलात्कार गर्ने युवालाइ एक किशोरीले खुकुरीले काटिन

  सवाल नेपाल   २०७६ श्रावण २९, बुधबार १६:०६ मा प्रकासित

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा ब लात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरेकी छिन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले १३ वर्षीया बालिकालाई बलात्कार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरेकी हुन्।घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

 

गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ। बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै ब लात्कार गर्ने गरेको पीडितले बालिकाको भनाइ छ ।

गुरुङले ब लात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ । ‘जहिले पनि मार्छु भन्दै धम्क्याएर जबरजस्ती गथ्र्यो’, बालिकाले भनिन् । बाबुआमालाई मारिदेला भन्ने डरले गुरुङले आफूमाथि गरेको ज्यादतीबारे कसैलाई सुनाउन नसकेको उनको भनाइ छ ।

 

‘अति भएपछि भाउजूलाई भनें त्यसपछि सबैलाई थाहा भयो’, बालिकाले भनिन् । बालिकाले नातामा भाउजू पर्नेलाई घटनाको बारेमा भनेपछि स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएका थिए । पीडकले बालिकालाई घरको कोठा, खेतबारी जहाँ भेटेपनि यौन दुर्व्यवहार गर्ने गरेको बालिकाले जानकारी दिइन् । पछिल्लो पटक घरको कोठामै लडाएर मुख थुन्दै ब लात्कार गर्न सुरु गरेपछि उनले छेउमै राखेको खुकुरी प्रहार गरेको सुनाइन् । खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । उनले बाहिर भने लडेर घाइते भएको भन्दै आएको स्थानीय सुजन भण्डारीले बताए ।

‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो, बालिका भन्छिन्, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’। पटक-पटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको उनको भनाइ छ । गुरुङले बालिकाका साथीसँग पनि यौन सम्पर्क राख्नका लागि मिलाइदिन भन्ने गरेको बालिकाले खुलासा गरिन् । ‘गाउँका साथीहरुको नाम लिँदै उनीहरुसँग पनि यस्तै गर्न मिलाइ देन भन्थ्यो’, बालिका भन्छिन् । आरोपित गुरुङले भने बालिकालाई मुख थुनेर लडाएको तर बलात्कार नगरेको भन्दै आएको प्रहरीको भनाइ छ ।बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्नपूर्ण पोष्टबाट

 

file photo

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी