#

सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानुन बनाउन प्रस्ताव

  साभार   २०७६ श्रावण २९, बुधबार १७:१२ मा प्रकासित

काठमाडौं–नेकपाका सांसद झपड रावलले सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा ऐनको दफावार छलफलका क्रममा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् ।

उनले कार्यालयको सम्पत्ति, समय र सेवालाई व्यक्तिगत ढंगले प्रयोग गर्ने कर्मचारीलाई कार्वाहीको व्यवस्था गर्नुपर्ने पनि बताए । उनले भने, ‘कर्मचारीहरु कार्यालयको काम छोडेर फेसबुक चलाएर बसेका हुन्छन् । कोही अधिकृतको तयारी गरेर बसेका हुन्छन् ।

कर्मचारीले कार्यालयको फोटोकपिदेखि पेन्सिल इरेजरसम्म पनि व्यक्तिगत कामको लागि प्रयोग गर्न नपाउने ब्यवस्था गरौँ ।’ उनले एउटा खरिदारले काठमाडौँमा ३ वटा बङ्गला खरिद गर्छ भने उसको सम्पत्ति छानबिन हुनुपर्ने बताए। समय समयमा कर्मचारीको सम्पत्ति विवरण अपडेट गर्ने व्यवस्था गर्न पनि उनले माग गरे ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

Loading…

सम्बन्धित शीर्षकहरु