वि.सं. २०७६ साउन ३०,बिहीबार,इ.स. २०१९ अगस्ट १५,शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, पूर्णिमा, १६:२८ उप्रान्त प्रतिपदा, नक्षत्र– श्रवण, ८:०० बजेउप्रान्त धनिष्ठा, योग– सौभाग्य, १२:५८ बजेउप्रान्त शोभन, करण– वव, १६:२८ बजेदेखि वालव, ५:२२ बजेउप्रान्त कौलव, आनन्दादिमा ध्वज योग,चन्द्रराशि– मकर, २१:१० बजेउप्रान्त कुम्भ,सूर्योदय– ५:३४ बजे, सूर्यास्त– १८:४० बजे र दिनमान ३२ घडी ५ पला।व्रत/पर्व- जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन, पशुपतिनाथ, कुम्भेश्वर, गोसाइँकुण्ड, दुधकुण्ड, धनुषसागर, त्रिवेणी आदि तीर्थहरूमा धार्मिक मेला, व्याजाँनके, गुँपुन्ही, डडेलधुरामा भागेश्वर जाँत, मुक्तिनाथ यार्तोङ, श्रीप्राणनाथ–छत्रशाल मिलाप, मानस व्रत समाप्ति। संस्कृत दिवस। धनिष्ठा पञ्चक २१:१० बजे प्रारम्भ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ, आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ११ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –टाढिएका साथीभाइ नजिकिनेछन्,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,आजको शुभ अंक १ रहेको छ ।

 

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला,रचनात्मक काम सुरु गर्ने मौका छ,आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

 

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– आँटले काम लिन नसक्दा पछि परिनेछ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)- संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक १० रहेको छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,चिताएको काम समेत सम्पादन हुनेछ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ, रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah