काठमाडौँ -टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउ परेका छन् । पत्रकार शालिग्राम पुडासैनीको आत्मह*त्या प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।
अपराध महाशाखाका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, 'न्युज २४ को कार्यालयबाट रबी लामिछानेलाई पक्राउ गरिएको छ । उनलाई अपराध महाशाखा र चितवन प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । अहिले उनलाई चितवन लगिदै छ ।'
प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पनि लामिछाने पक्राउ परेको पुष्टि गरेका छन् । पत्रकार पुडासैनीले आत्महत्याअघि आफ्नो फोनमा एक भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियोमा पुडासैनीले लामिछानेले आफूलाई आत्मह*त्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन् । यो खबर हामीले लोकान्तर बाट साभार गरेका हौ










