#

सहित ३ जनालाई अदालतमा प्रस्तुत गरिँदै, समर्थककाे भीड उर्लियाे

  पत्रपत्रिका   २०७६ श्रावण ३१, शुक्रबार १२:२१ मा प्रकासित

चितवन प्रहरीले आत्महत्या प्रकारणमा पक्राउ गरिएको चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालतमा प्रस्तुत गर्ने भएको छ । आत्महत्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल यसअघि न्युज ट्वान्टी फोको काठमाडौको पानीपोखरीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।

 

त्यसैगरी कलंकीबाट पक्राउ गरिनु भएकी रितु कार्की समेतलाई बिहीबार अबेर चितवन पुर्याएको थियो । प्रहरीले साउन २१ मा चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएको पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेकोको भिडियो लामिछाने, कँडेल र कार्कीको नाम भएको जनाउँदै आएको छ ।

 

प्रस्तोता लामिछानेले अनुसन्धानलाई सहयोग गर्ने बताउदै आउनुभएको छ । उहाँका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरिरहेका छन् । यस विषयमा थप जानकारी दिन टिभी जर्नालिस्ट प्रमोद न्यौपानेलगायत न्युज- २४ कर्मी चितवनमा हुनुहुन्छ । न्यूज २४ बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु