#

झापामा विद्युतीय धरापमा परी एक वृद्धाको मृत्यु

  सवाल नेपाल   Friday, August 16, 2019

भद्रपुर । जंगली हात्ती नियन्त्रणमा लागि राखिएको विद्युतीय धरापमा परी एक वृद्धाको मृत्यु भएको छ। करेन्ट लागेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ स्थित माथिल्लो मागुरमाडीकी ६० वर्षीया गङ्गा थपलिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घरको पछाडि पट्टीको खेतबारीमा जंगली हात्ती नियन्त्रणका लागि राखिएको विद्युतीय धरापमा परी थपलियालाई बिहीबार राति करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। वृद्धाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु