साउन ३१, २०७६
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले पार्टी उपाध्यक्षमा वामदेव गौतमलाई मनोनयन गर्नेसम्बन्धी प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकले नेता गौतमलाई उपाध्यक्ष मनोनित गर्नेसम्बन्धी प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।

नेकपा स्रोतका अनुसार यससम्बन्धी अन्तिम निर्णय भने स्थायी कमिटी बैठकले लिनेछ ।

‘नेता गौतमलाई उपाध्यक्ष मनोनित गर्ने निर्णय सचिवालयले लिएको छ,’ स्रोतले  भन्यो, ‘यसलाई स्थायी कमिटीबाट अनुमोदन गरिने छ ।’

नेता गौतम पार्टी एकताअघि तत्कालीन नेकपा एमालेको उपाध्यक्ष थिए । पार्टी एकतामा समेत गौतमको विशेष भूमिका रहेको थियो । लोकान्तर

 

प्रतिक्रिया

सम्बन्धित खवर