वि.सं. २०७६ भदौ १, आइतबार, इ.स. २०१९ अगस्ट १८,शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, तृतीया, २२:२२ उप्रान्त चतुर्थी, नक्षत्र– पूर्वभाद्रपदा, १५:३५ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– सुकर्मा, १४:४४ बजेउप्रान्त धृति, करण– वणिज, ९:२२ बजेदेखि भद्रा, २२:२२ बजेउप्रान्त वव, आनन्दादिमा चर योग, चन्द्रराशि– कुम्भ, ८:५७ बजेउप्रान्त मीन, सूर्योदय– ५:३६ बजे, सूर्यास्त– १८:३८ बजे र दिनमान ३२ घडी ५ पला। पञ्चक। भाद्र संक्रान्ति। वल्के पर्व। कीर्तिपुरमा बाघभैरव यात्रा। सर्वार्थसिद्धि योग २२:२२ बजेदेखि।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साझपख सुधार हुनेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ४ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ८ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आजको दिन तेती राम्रो छैन,आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –रोकियाका कामहरु बन्ने छन्,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, आजको शुभ अंक २ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ५ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।



