काठमाडौं– चितवनमा पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । शुक्रबार साँझ पत्रकार लामिछाने समर्थक भीडले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको हो । झडपमा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।

 

बिहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको आत्मह8त्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय