झापाको दमकमा आज बिभिन्न क्षेत्रमा बिशिष्ठ योगदान गर्ने ब्याक्तिहरुलाइ सम्मान गरिएको छ । हिमाली इङ्लिस बोर्डिङ स्कूल कमलगाँउपालिका साविक लखनपुर गेउरीयामा रहेको जूनियर रेडक्रस सर्कल र स्पिकर्ष क्लवको आयोजनामा भएको कार्यक्रममा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी, दमक पब्लिक लाईब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने र साहित्यकार घनकुटे कान्छालाइ सम्मान गरिएको हो ।
तीनैजनाले समाजमा उत्कृष्ठ पहिचान बनाएको र बालबालिकाहरुका लागि सिक्न सक्ने एउटा ब्याक्तित्व बनाएकाले सम्मान गरिएको स्कूलका संस्थापक जिबन सापकोटाले बताए । मानव अधिकार संगठनका केन्द्रिय महासचिब डा. केपी सुबेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याप्सनका प्रदेश नं. १ अध्यक्ष नारायणप्रसाद घिमिरे, प्याप्सन झापाका अध्यक्ष कोषराज प्याकुरेल लगायतको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रमसगै बिभिन्न सास्कृतिक कार्यक्रमहरु समेत भएका थिए ।










