भद्रपुर । भद्रपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेकाछन् । प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका १ स्थित तुलसी चोक बस्ने ४२ वर्षीय जितबहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार परिवारजनका सदस्य कसैलाई केही नभनी घरबाट निस्किएका मगर घर नजिकैको खेतमा मृत अवस्था भेटिएपछि उनका बुबा नरबहादुरले सीमा प्रहरी चौकी पृथ्वीनगरलाई खबर गरेका थिए ।
उनको मृत्यु हुनेको कारण भने खुलेको छैन । यता प्रहरीले शवको कानुनी प्रक्रिया पुरा गरी मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाएको जनाइएको छ ।










