#

केपी शर्मा ओलीलाइ माधवकुमार नेपालको झटारो

  सवाल नेपाल   २०७६ श्रावण ३२, शनिबार १४:५४ मा प्रकासित

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै उनले लामो अनुसन्धान र तयारीबिनै कतिपय काम गरेको भन्दै आलोचना गरे ।

उनले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने पनि बताए । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले देश विकासका लागि नागरिक, संघसंस्था र सरकार एक साथ जुट्नुपर्नेमा जोड दिए। काठमाडौंको विकास निर्माणको सन्दर्भमा उनले समयमा सम्पन्न गर्न र धुलोहिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनुपर्ने धारणा राखे।रिपोर्टर्स नेपाल

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु