दमक/ दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व जाने उम्मेदवारहरुको चयन प्रक्रियामा असन्तुष्टि जनाउदै अध्यक्ष र प्रथम उपाध्यक्षमा दाबी गरेका बिमल खतिवडा र युवराज घिमिरेले उम्मेदवारी फिर्ता लिएकाछन् । नेकपा निकट ब्यवसायीहरुको उम्मेदवार छनौटका लागि बनाएको समितिको कामप्रति असन्तुष्टि जनाएर उनिहरुले दिएको आवेदन फिर्ता लिएको जनाईएको छ ।

 

खतिवडाले अध्यक्षमा र युवराज घिमिरेले प्रथम उपाध्यक्षमा इच्छा प्रकट गर्दै निवेदन दिएका थिए । यो संगै अब राजेन्द्र ढकाल अध्यक्ष बन्ने बाटो खुलेको छ । खतिवडाको पक्षमा रहेको जनमत यो कमदबाट निराश बनेकाछन् ।

 

उम्मेदवार छनोटका लागि भनेर बनाईएको समितिका संयोजक धुव्र भट्टराइलाइ उनिहरुले लिखित रुपमा नै यो जानकारी गराएकाछन् ।

 

समयमा निर्णय दिन नसक्दा र राजनीतिक हाबि भएपछि ब्यापारीहरुमा तिब्र असन्तोष पैदा हुन शुरु गरेको थियो । साधरणसभा आउन लाग्दा समेत उम्मेदवारको निर्णय हुन सकेको थिएन । हिजो ढकाललाइ जिउज्यान दिएर स्वतन्त्र रुपमा खतिवडा र घिमिरेले जिताएका थिए । आज उनिहरु नै बाहिरिएकाछन् । यसले दमकमा नयाँ तंरग पैदा भएको छ ।

अघिल्लो पटक स्वतन्त्र उम्मेदवारी घोषणालाइ सम्बोधन गर्दै राजेन्द्र ढकाल र पछाडि साथमा खतिवडा र घिमिरे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय