दमक/तीन सातापछि दमक उद्योग बाणिज्य संघको हुन लागेको निर्वाचनमा नेपाली काँग्रेस निकट ब्यवसायीको तर्फबाट गोकुल श्रेष्ठ नै उम्मेदवार बन्ने पक्का भएको बताईएको छ । श्रेष्ठ हुने बताईएपनि अझै पनि निश्चित नभएको बताइदै आएको थियो ।

 

प्रस्तावित उम्मेदवार श्रेष्ठले सवाल नेपालसंगको कुराकानीमा आफु अध्यक्षको उम्मेदवार भएको बताएकाछन् । अघिल्लो पटक पराजय भोगेका श्रेष्ठ यो पटक अघिल्लो हारलाइ जितमा परिणत गर्ने दाउमा रहेकाछन् ।

 

नेकपा निकट ब्यवासयीहरुबीच आन्तरिक रुपमा उम्मेदवारीको बिषयमा भएको विवाद सतहमा आएपछि श्रेष्ठको मनोबल थप बढ्दै गएको उनि निकटस्थ ब्यापारीहरुले जनाएकाछन् । उनि अघिल्लो पटक हारको सहानुभुति मत समेत पाएर बाणिज्य संघको कुर्सिमा यो पटक बस्ने दाउमा रहेकाछन् ।

 

दमकमा भएको खानेपानीको निर्वाचन, दमक बहुमुखि क्यापम्समा सञ्चालक समिति तथा क्याम्पस प्रमुख चयनमा भएको सफलताजस्तै यसमा पनि सफल हुने काँग्रेस निकटस्थ ब्यापारीको दाँउ छ । काँग्रेसले अन्य साना राजनीतिक दलहरुसमेत गठबन्धनलाइ अन्तिम रुप दिन लागेको काँग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर