गोरखास्थित गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गएराति श्रीमानले श्रीमतीको ह त्या गरेका छन् । स्थानीय २० वर्षीय याकुव परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर ह त्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

‘छिमेकीहरूले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो,’ उनले भने, ‘१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृ त्यु भइसकेको अवस्थामा शव भेटियो ।’ प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । ‘उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’ मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।