पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाँउमा पस्दा आठ घर जलेर नष्ट भएका हुन् । दिउँसो करिव १ बजे हिलिहाँङ गाउँपालिका ७ को सिर्वानी दोभानबाट सल्किएको आगो गाँउका पस्दा ८ घर जलेर नष्ट भएका हन् ।
आगलागीबाट स्थानीय ईन्द्र बहादुर पन्दाक, राजकुमार पन्दाक, चन्द्र चापागाई अगायतका ८ घर जलेर नष्ट भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोखरेलले जानकारी दिए । अन्य घरका मालिक बसाई सरेर अन्यत्र गएकाले नाम थर खुल्न सकेको छैन् । अचानक जंगलबाट सल्किएको र हावाहुरी चलिरहेकाले आगो नियन्त्रणमा लिन कठिन भइरहेको उनले बताए ।
भिरालो ठाँउ र सडक नभएका कारण पानीको समस्या रहेको बताइएको छ । घटनास्थलतर्फ नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताएका छन् ।



