दमक इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकेन्द्र पौड्याल यहाँबाट बिदाइ भएकाछन् । १४ महिना अघि उनि यहाँ आएका थिए । उनले यहाँ विवादरहित रुपमा काम गरेको भन्दै उनको बिदाइमा स्थानीय सामाजिक अगुवा तथा जनप्रतिनिधिहरु आएका थिए ।
झापा उधोग वाणिज्य संघ गौरीगंज शाखाका अध्यक्ष मखना महतो गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, ईलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख राजु दाहाल, गाउँपालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्य, पुर्व गौरीगंज क्याम्पस प्रमुख केदार रिमाल लगायतले पौड्यालको प्रशंशा सहित बिदाइ गरेका थिए ।
पौड्यालले आफु यहाँ रहदा सबै पक्षले सकारत्मक सहयोग पुर्याएको र अपराध न्यूनिकरणमा सहयोग पुर्याएको भन्दै सबैप्रति आभार प्रकट गरेका थिए । उनले आफुले यहाँबाट थुप्रै सकारत्मक कुराहरु सिकेको समेत बताएका थिए । केहि दिन अघि पौड्यालको रामेछाप जिल्लामा सरुवा भएको थियो ।










