काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरवारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आ त्मह त्या गरेको आशंका गरिएको छ । महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए ।

प्रहरी अहिले घटनास्थलमा छ । घटनाबारे ११ बजेतिर थाहा पाएको योजना आयोगका कर्मचारीहरुले बताएका छन् । अहिले उक्त घटना सीसीटीभीमा हेर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड