भरतपुर । पत्रकार शालिकराम पुडासैनी मृत्यु घटनाका आरोपितहरु कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलसँग सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ ।

अर्का आरोपित अस्मिता कार्कीसँग भने आइतबार नै बयान लिइएको थियो । आरोपितद्वय युवराज र अस्मिताले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ ।

युवराज र अस्मिताको बयान सकिएको तर रविको बयान भने अझै नसकिएको सरकारी वकिलको भनाइ छ । रविसँग आज मंगलबार पनि बयान लिइने भएको छ ।

बयानै नै नसकेको कारणले गर्दा आज मंगलबार थप अनुसन्धानका लागि पुनः म्याद थपिने देखिएको छ । दुई आरोपितको सकिएपछि रविको बयान लिइएको र उनको सोमबार ३ बजेपछि मात्र थालेकोमा बेलुकी ६ बजे स्थगित गरिएको थियो । बयान मंगलबार पुन सुचारू गरिने भएको छ । प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे जानकारी लिइएको छ ।

‘अनुसन्धानको मिसिल नै तयार भएको छैन, यस घटनामा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने ‘अनुसन्धान नै नसकिकन कसरी अदालतमा लगेर मुद्दा दर्ता गराउनु ।’ प्रहरीले आरोपितहरुको फोन कल डिटेल र मोबाइल सन्देशहरु लिई अनुसन्धान गरिरहेको छ । ‘चर्चित र गम्भीर प्रकृतिको मुद्दालाई हतारहतार र हलुका रुपमा बुझाउनु भएन नि, उनले भने ।

पोष्ट मार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियो ‘डिजिटल फरेन्सिक ल्याव’ परीक्षणबाट मृतक शालिकरामकै आवाज भएको पुष्टि भएको छ । विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । विभिन्न भिडियो क्लिपकै कारणले पुडासैनीको बोल्दै गरेको आवाज फरक, जीउको हाउभाउ फरक र एक अवस्थामा सिरानी रहेको र एक अवस्थामा सिरानी नरहेको जस्तो विभिन्न दृश्य पाइएको अनुसन्धानले देखाएको छ ।

पोष्ट मार्टम र भिडियो ल्याव दुवै रिर्पोट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनको क्रममा चितवन प्रहरीले सोमबार उनले आत्महत्याको लागि किनेको डोरी पसल पत्ता लगाएको छ । नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई पाँच मिटर लामो डोरी किनेको सीसी क्यामरा फुटेजसमेत प्रहरीले लिएको छ ।

शालिकराम पुडासैनीले आफूलाई आरोप लगाएर बोलेको भिडियो आफैँले भने अहिलेसम्म नहेरेको रविले बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरुबाटै सुनेको तर भिडियो भने नहेरको बताएका हुन् ।

शालिकराम पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रवक्ता एसपी दिपक रेग्मी आफैँ चितवन आएका छन् । पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छन् । त्यो जाहेरी पनि चितवन प्रहरीले पाइसकेको छ ।https://echitwanpost.com/88862/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय