वि.सं. २०७६ भदौ ४, बुधबार,इ.स. २०१९ अगस्ट २१, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, षष्ठी, २६:४२ उप्रान्त सप्तमी, नक्षत्र– अश्विनी, २२:०० बजेउप्रान्त भरणी, योग– गण्ड, १५:३५ बजेउप्रान्त वृद्धि, करण– गर, १४:१४ बजेदेखि वणिज, २६:४२ बजेउप्रान्त भद्रा, आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– मेष, सूर्योदय– ५:३७ बजे, सूर्यास्त– १८:३५ बजे र दिनमान ३२ घडी ४ पला।

भोलिको- पञ्चाङ्ग

वि.सं. २०७६ भदौ ५, बिहीबार, इ.स. २०१९ अगस्ट २२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, सप्तमी, २७:१७ उप्रान्त अष्टमी, नक्षत्र– भरणी, २३:१९ बजेउप्रान्त कृत्तिका, योग– वृद्धि, १५:१४ बजेउप्रान्त ध्रुव, करण– भद्रा, १५:०३ बजेदेखि वव, २७:१७ बजेउप्रान्त वालव, आनन्दादिमा पद्म योग, चन्द्रराशि– मेष, २९:३५ बजेउप्रान्त वृष, सूर्योदय– ५:३८ बजे, सूर्यास्त– १८:३४ बजे र दिनमान ३२ घडी ० पला। अमुक्ताभरण सप्तमी। गौरा सप्तमी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ, पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिनेछ, बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ,नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आफन्त बीच अविश्वास बढ्ला,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,कर्म सिद्धिको समय छ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, ब्रह्म मुहूर्तमा भगवानको स्मरण,योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ, परिस्थितिको बन्धनमा परिने समय छ, गोपनीयतामा ध्यान दिनुहोला,बलजफ्ती काम गर्दा थप समस्या आउन सक्छन्, आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ,नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
झुटाआरोप पनि लाग्नेछन्,नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला,आयभन्दा व्यय बढी, लेनदेनमा विवादको सामना गर्नुपर्ला,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ, धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, व्यापारमा अवरोध आउने,यात्रामा समस्या आउने,कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जीवनसाथीसँग ठाकठुक परे पनि परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विवाद मत्थर हुनेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,राज्यबाट सम्मान हुने,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय