पत्रकार शालिकराम पूडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई छोड्नु पर्ने माग गर्दे दमकमा तीन दिन देखि प्रर्दशन हुदै आएको छ ।
रविका शुभेच्छुकहरुको समूहले उनको स-सम्मान रिहाईको माग गर्दे दमकमा प्रर्दशन जारी राखेको हो । आज पनि त्यस समूहले नाराजुलुस गर्दे प्रर्दशन निकालेको छ । सहभागिहरुले रविलाई नछाडेसम्म विरोध प्रर्दशन जारी राख्ने जनाएका छन् ।
दमक चौकबाट शुरु भएको प्रदर्शन पुनः दमकको गणतन्त्र चोक सम्म पुगेर समापन गरिएको थियो । प्रर्दशनमा सहभागीहरुले लामिछानेलाई रिहाई गरिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सरकार विरुद्ध नाराबाजी गरेका छन् ।कमलको केर्खा र गौरादहमा समेत रविलाई छोड्न दबाब दिदैं अपरान्ह प्रदर्शन भएको छ ।









