भद्रपुर । झापाबाट हराएकी दुई बालिका धरानमा फेला परेकी छिन । प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका १ बस्ने सुक्मा राजवंशीको १४ वर्षीया छोरी सृष्टि राजवंशी र कमल गाउँपालिका १ बस्ने कुमार खड्काकी १४ वर्षीया एलिसा खड्का बेपत्ता भएकी थिइन ।

बालिका हराएको भनी उनका परिवारजनले गौरादह प्रहरीलाई खबर गरेका थिए । यता बालिका हराएको विषयमा प्रहरीले खोज तलास सुरु गर्दा दुवै बालिका सुनसरी धरान उप महानगरपालिका ७ स्थित शान्ति पथ लाइनमा सकुशल उद्धार गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड