झापा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते भोली (शुक्रबार) मेचीनगर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दुहरुको मुख्य पर्व मध्ये एक कृष्ण अष्टमीका दिन स्थानीय बिदा दिने निर्णय भएको मेचीनगर नगरप्रमुखका स्वकीय सचिव बिजय भट्टराईले जानकारी दिए ।

स्वकीय सचिव भट्टराईका अनुसार बुधवार भएको छलफलबाट नगरपालिकाले भदौ ६ गते बिदा दिने निर्णय गरेको हो । स्थानीय पर्वहरुमा आफ्नो पालिका भित्र बिदा दिने निर्णय गर्ने अधिकार कानूनले स्थानीय तहलाई नै दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड