भद्रपुर । पानीमा डुबेर एक जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएका छन् । प्रहरी कार्यालय झापाका अनुसार बिहीबार दिउँसो हल्दीबारी गाउँपालिका १ स्थित डिम्माखुट्टी बस्ने रमेश मड्डीको ३२ वर्षीय छोरा सुरेश मड्डीको मृत्यु भएको हो ।
सोही गाउँपालिका बस्ने दुर्गा पौडेलको घरमा काम गर्न क्रममा खेतमा जमेको पानीमा डुबी उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उता शिवसताक्षी नगरपालिका १० सुकुम्वासी बस्ती बस्ने अन्दाजी ४३ वर्षीय साहेब सरदारलाई माई खोलाले बगाउँदा बेपत्ता भएका छन् । माई खोला तर्ने क्रममा सरदारलाई खोलाले बगाएको थियो । उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए










