दमक/ब्यवसायीहरुको हकहितका लागि स्थपना भएको दमक उद्योग बाणिज्य संघबाट आफु नै पीडित भएको एक ब्यवसायीले दुखेसो गरेकाछन् । दमक उद्योग बाणिज्य संघको संयोजनमा त्यतिखेर दमकका बिभिन्न ठाँउमा सिसि क्यामेरा राखिएको थियो ।

२०७० चैतमा दमक नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भी. जडान कार्य सम्पन्न गरि सकेको र भुक्तानीको लागि दमक उद्योग बाणिज्य संघमा पटक–पटक जानकारी गराउदा पनि पुरा रकम नपाएको भन्दै बारम्बार निवेदन दिदा समेत आफुले रकम नपाएको अनलाइन कम्प्यूटर दमकका प्रोपाइटर सुरज धिमालले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले त्यो समयदेखि आफुलाइ बारम्बार रकम दिने आश्वसन दिएपनि रकम नदिएको बताए । धिमालले अब न्याय खोज्न कहाँ जाने भनेर ? प्रश्न गरेकाछन् । अघिल्लो कार्यकालमा भएको भएपनि यस बिषयमा छानविन गरेर रकम उपलब्ध गराउन उनले माग गरेकाछन् । उनले ५ लाखभन्दा बढि रकम पाउन बाँकी रहेको बताएकाछन् ।