झापा, भाद्र ०६ गते ।

झापाको शिवसताक्षी नगरपालिका-१० सुकुम्बासी बस्तीका ताला हस्ताको घरमा बस्दै एका ४३ बर्षीय साहेव सरदारलाई माई खोलाले बगाउदा बेपत्ता भएका छन् । बिहिवार दिउँसो २ बजे माईखोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खोलाले बगाई बेपत्ता भएका सरदारको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।