माओबादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्षको घोषणापछि माओबादी केन्द्रले प्रचार अभियानलाइ तिब्र र आक्रमक बनाएको छ । माओबादी केन्द्रका नेता तथा मेयरका उम्मेदवार गगन पुरीलाइ जिताउनका लागि बिभिन्न प्रकार गीतहरु बनाएर घन्काउन थालिएको छ ।

पुरी आफै गाँउगाँउ तथा घरघरमा पुगेर आफ्नो उम्मेदवारीको बिषयमा बुझाउदै हिडेकाछन् । पुरीले बिकास निर्माण र जन सरोकारका बिषयहरु आफ्नो प्राथमिकता रहने भन्दै दमकलाइ नेपालको उत्कृष्ठ नगरपालिका बनाइ छाड्ने भन्दै मत मागि रहेकाछन् ।  पुरीले अहिलेसम्म आफूले गरेका काम हेरेर अब थप काम गर्न दिनका लागि मत माग्ने गरेकाछन् । पुरीले आफ्नो पक्षमा मतदाताहरु रहेको र अब आफू नतिजाको ब्यग्र प्रतिक्षामा रहेको जनाए ।