काठमाण्डौ – गाडी प्रदर्शनीको कुम्भ मेला मानिने नाडा अटो शोको १४ औँ संस्करण मंगलबारदेखि सुरु भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको मेलामा २३ वटा ब्राण्डका कार १९ वटा ब्राण्डका दुई पाङ्ग्रे गाडीको साथै गाडीसँग सम्बन्धित अन्य सामग्रीका गरी १ सय ६० स्टल छन् । नाडा अटो शो नेपालकै ठूलो अटो शो हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो वर्ष ५ अर्बको व्यापार गरेको नाडा अटो शोमो यो वर्ष ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार हुने नाडाले जनाएको छ । मेलाको ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । नाडा अटो शोका मुख्य आकर्षण यस्ता छन् ।

एउटै बाइकको मूल्य ६२ लाख

नाडा अटो शोको मुख्य आकर्षण बनेको छ, एमभी अगस्टाको मोटरसाइल । नाडा अटो शोमा राखिएको यो मोटरसाइकलको मूल्य ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एम भी अगस्टा एफ–४ १००० मोडलको यो मोटरसाइकल ९ सय ९८ सीसीको रहेको छ ।

चार सिलिण्डर इन्जिन, १ सय ९५ हर्स पावर भएको मोटरसाइकलको टर्क्यू क्षमता ११० एनएम रहेको छ । एमभी अगस्टा मोटरसाइकल नेपालमा गियर भेञ्चर प्रालिले बिक्री गर्दै आएको छ