सुर्खेत।जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ स्थित एमाले मोडमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । एक महिलाको घटनास्थलमै र २ जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान साढे तीनदेखि चार बजेको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार २५ जना घाइते भएका छन् । घाइतेहरु मध्ये केहीको कोहलपुर तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मृतहरुको सनाखत नभइसकेको डिएसपी रावलको भनाई छ ।