काठमाण्डौ – स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भैरहेकोे छ । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको र उहाँको अवस्था सामान्य रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंह भण्डारीले जानकारी दिनु भएको छ । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार सुरु भएको उहाँका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले जनकारी दिनुभएको छ । यस्तो उपचार विधि अरु केही पटक गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।

डाक्टर दिव्यासिंह भण्डारी आजै सिंगापुरबाट फर्किनु भएको हो । उहाँका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य उपचार अर्को सातासम्ममा सकिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://twitter.com/BishnuRimal/status/1166669366240301056

प्रधानमन्त्री ओलीको शरिरमा एण्टिबडीको मात्रा बढेको र त्यसलाई कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउने गरिन्छ । प्लाज्मा फेरेसिस भनेको रगतमा रहेका अस्वस्थ प्लाज्मालाई निकालेर स्वस्थ प्लाज्मा राख्ने पद्दति भन्ने बुझिन्छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेका अनुसार यो उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले फेरि मिर्गौला प्रत्यारोपण पनि हुनसक्ने काफ्लेले बताउनुभयो ।

प्लाज्मा फेर्ने काम सफल भएमा मिर्गौलाले अझ राम्रो काम गर्न सक्छ भने असफल भएको खण्डमा त्यसले मिर्गौला फेल गराउने सम्भावना बढाउँने उहाँले बताउनुभयो । ‘मिर्गौला फेल भयो भने फेरि डायलाइिसस नै विकल्प हो’, उहाँले भन्नुभयो, ‘तर प्लाज्मा फेरेसिस असफल हुनु भनेको ज्यान नै तत्कालै जोखिममा पर्ने भन्ने हुँदैन बरु यसले मिगौला फेल गराउन सक्ने सम्भावना भने बढाउँछ ।’

गएको साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर फर्केको ३ हप्ता नबित्दै प्रधानमन्त्री ओली गएको बिहीबार फेरि उपचारका लागि सिंगापुर जानुभएको हो । उज्यालो अन्लाइन बाट साभार