काठमाडौं । नेकपा एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै सरकारसँग जवाफ मागेको छ । हिजोको  बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद रबिन्द्र अधिकारीले मुलुकको शान्ति सुरक्षामा सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

आफ्ना नेता सत्यनारायण मण्डलको घरमा आक्रमण भएको भन्दै अधिकारीले दोषीलाई कारवाही गर भन्दा सरकारले हाँसेर टार्ने गरेको आरोप लगाए । यस्तो सुरक्षा व्यवस्थाले निर्वाचन सुनिश्चित नगर्ने भन्दै उनले देशका विभिन्न स्थानमा भएका घटनाबारे सरकारको जवाफ मागे । आइजीपी नियुक्ती विवाद प्रकरण, उपप्रधानमन्त्री बरियता विवादलाई जोडेर उनले भने, ‘कहिँ नभएको जात्रा अहिले बालुवाटार र सिंहदरबारमा भइरहेको छ ।’

उनले यस्तो परिस्थितीमा मुलुकका नागरिकले कसरी सुरक्षित महशुस गर्ने ? भन्दै प्रश्न गरे । सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने भनेपछि एमाले सांसदहरु जर्याकजुरुक उठेका थिए । त्यसपछि सभामुखले यसबारे जवाफ दिन सरकारको ध्यानाकर्षण गराउँछु भनेपछि सांसदहरु बसेका थिए र बैठक अगाडि बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah