भद्रपुर । अज्ञात समूहले भद्रपुरमा एक घरमा आगजनीको प्रयास गरेका छन् । भद्रपुर नगरपालिका ७ स्थित शान्ति चोक बस्ने तेजेन्द्र न्यौपानेको घर र घरमा रहेको ग्यास सिलिन्डर गोदाममा आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ । आगलागीबाट परालको थुप्रो पूर्ण रूपमा क्षति पुगेको छ, भने बिक्रीका लागि राखिएका ग्यास सिलिन्डर स्टोर र घर क्षति हुनबाट जोगिएको छ ।

घटना विवरण अनुसार मङ्गलवार मध्यरातमा न्यौपानेको घरमा जडान गरिएको सिसी क्यामेराको दृश्यमा आगो लगाउने व्यक्ति, पूर्वबाट हातमा मोबाइल लिएर घरतर्फ आएको देखिन्छ । सेतो सर्ट , पाइन्ट र चप्पल उक्त व्यक्तिले न्यौपानेको मुलगेटबाट घरभित्र चियाएर हेर्छन् । त्यसपछि परालको छेउमा पुल्ठो बाल्छन् र थुप्रोमा आगो लगाएर दक्षिण तर्फ भागेको सिसी क्यामेरा सो दृश्य कैद भएको पीडित न्यौपानेले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परालमा आगो लगाएर गइसकेपछि छिमेकी तुलसी पोखरेलले आगो दनदन बलेको देखे । होहल्ला गरेर स्थानीयले भद्रपुर नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रणमा लिएका थिए । नियोजित रूपमा मार्न उद्देश्य लिएर घरमा आगो लगाउने आएको पीडित न्यौपानेको भनाई छ । यता घटनापछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी टोलीले बुधवार बिहान सिसी क्यामेरामा कैद फुटेज र घटना विवरण लिएर गएको बताइएको छ ।