झापा, भाद्र १२ गते ।

झापाको मेचीनगर नगरपालिका-६ बाट अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको करिव २ लाख बराबरको औषधी बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार राती सवा ९ बजेको समयमा बिभिन्न किसिमका २ कार्टुन औषधीहरु बरामद गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गस्तिमा रहेको प्रहरी टोलीलाई देख्नासाथ औषधी ल्याउँदै गरेको मानिस औषधी छाडेर फरार भएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जानएको छ ।