दमक/ दमकका पत्रकार डिकेश लामा ् विष्णु पौड्याल पुरस्कृत भएकाछन् । दमकको मेचि सहकारी संस्थाले सहकारीको २५ औं साधारणसभाको अवसरमा उनिहरुलाइ पुरस्कृत गरेको हो ।

विहिबार एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले लामालाइ स्व. गणेश बस्नेत पत्रकारिता पुरुस्कार र पौड्याललाइ मेची सहकारी पत्रकारिता पुरुस्कार प्रदान गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी गणेश बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी बैंक सञ्चालक समिति पुर्व अध्यक्ष रमेश प्रसाद पोखरेल लाई सम्मान गरिएको छ ।

त्यस्तै सहकारी सम्बन्धि गतिबिधि सञ्चालन गरेको भन्दै झापा बिर्तामोडको रेडियो भिजनलाई पुरस्कृत गरेको छ । सहकारीका अध्यक्ष नारायण भट्टराइको अध्यक्षतामा कार्यक्रम भएको थियो ।