जगत दुईवटा छ, बाहिरी र भित्री । बाहिर जे छ, राम्रो–नराम्रो , दुःख–सुख, चिसो–तातो यो सबको सुक्ष्म प्रभाव भित्रको संसारमा पर्छ ।  बाहिरको आहार–विहार , भावना र ब्यवहार मात्रै मात्र होइन्, मौसम पनि त्यत्तिकै असरदायी हुन्छ ।

एउटै फलाम हो । आगोमा हाल्दा तात्छ, फ्रिजमा हाल्दा ठण्डा हुन्छ । मानिसको दिमाग पनि यस्तै हो, जस्तो संगत पर्दै गयो उ बिस्तारै त्यो वातावरणमा घुलमिल हुँदैं त्यस्तै बन्छ । यसैले संगत राम्रो हुँदा जीवन राम्रो हुन्छ । विदुर नीतिका अनुसार ः सकारात्मक भाव नदेखाउने, ईष्र्या गर्ने, घृणामा रमाउने, असन्तोषी, क्रोधी, सदा ससंकित हुने, अर्काको भाग्यमा भरपर्नेहरू सधैं दुःखी रहन्छन्न् ।

ईष्र्यी घृणि न संतुष्टः क्रोधनो नित्याशङ्कितः।

परभाग्योपजीवी च षडेते नित्य दुःखिताः।।

एउटा पौराणिक कथा छ, एक जुम्ल्याहा सुगा थिएँ । संयोगले उनीहरूमध्ये एकलाई योग आश्रममा हुर्कने मौका मिल्यो र अर्कोलाई एउटा मासु पसलले बुचरकोमा । हुर्किंदै जाँदा, जाभा सुगाहरू वयस्क भए आश्रममा हुर्किएको सुगा अरू मनिषा देख्ना साथ विनयका साथ भन्ने गथ्र्याे , ‘नमस्कार ! शुभ दिन होस् । तपाईंको कल्याण होस् ।’ उसको आवाज सुन्नासाथ सबैमा एक साकारात्मक उर्जा बग्थ्यो । तर अर्को बुचरको घरमा हुर्कने चराले यस्तो वाणी सिक्यो ‘ए समा..! यसलाई पक्रेर थिच, मार, हान्दे घाँटी छिनाल्दे, नछोड यसलाई ..’

यो आवाजले सबैमा नकारात्मक उर्जा, भय, त्रास र रिस जगाइदिन्थ्यो । उनीहरू एउटै आमाको कोखबाट जन्मेर पनि फरक बोली हुनुमा संगतकै परिणाम थियो । जुन ब्यक्तिको संगत  तपाईंलाई नराम्रो लाग्छ, त्यो  ब्यक्ति वा परिस्थितीसँगको भेटलाई निरन्तरता नदिनु आफूलाई बिग्रिनबाट बचाउनु हो । अरूलाई दोष नदिई आफू बच्न सकिन्छ भने किन दोष थोपर्ने । हाँसी–हाँसी अरूलाई बचाउन र आफू बाँच्न सक्ने कला हरेक दिन एक–एक गरेर तपाईं विकास गर्न सक्नु हुन्छ । संसार एक सुन्दर वाटिका हो । त्यसमा पनि यो जीवन अति सुन्दर छ । पशु जगत भोग को जगत हो भने मनुष्य जगत कर्म जगत  हो ।

सुन्दर कर्म गरेर, जीवन सुखमय पार्ने वा कुकर्म गरेर जीवन दुःखद बनाउने त्यो आफैमा निर्भर हुन्छ । राम्रो र नराम्रो गर्ने कर्म कुनलाई छान्ने त्यो हामीलाई छुट छ । त्यसैले भनिन्छ, ‘पशुमा चार स्वाभाव हुन्छ । आहार, निन्द्रा, भय, मैथुन’ । तर, मानिसमा ५० वृत्ति हुन्छ । जीवनमा भोग हुनुपर्छ तर त्यसमा योग जोडिनु पर्छ । जीविका हुनुपर्छ तर त्यसमा जीवन पनि हुनु जरूरी छ । भौतिकतासँगै अधात्म जोडियो भने त्यो सन्तुलित जीवन भन्छ । ऋग्वेदमा एउटा पुरानो कथा छ, दुई चरा एउटा फलले भरिएको रुखमा बसे, एउटा धमाधम कतै नहेरी फल खान लाग्यो, अर्को चारैतिर हेरेर, प्रकृतिको आनन्दमा रमाउँदैं सुन्दरताको मजा लिन थाल्यो । सुन्दर वातावरण हेर्दै उसले फेरि भोजनको स्वाद लियो ।

फल खाने अवसर त दुवैलाई छ तर आफूले  प्राथमिकता केलाई  दिने भन्ने हो । संसार पनि यस्तै छ, भोगमा योग, अध्यात्मको मजा लिदंै सचेत मनले जीवन जिउने वा बेहोसमा भोग मात्र गर्ने त्यो आफैमा भर पर्छ । हाँसेर वाँच्न साधन भएर मात्रा पुग्दैन, साधन भएर मात्र सुख हुने भए चर्चित धनाढ्यहरूको आखिरी अवस्था वियोगान्त नहुनुपर्ने । साधानाको मजा लिन आवश्यक चेतना वास्तवमा ठूलो कुरा हो । र, यही सन्तुलनमा  नै जीवनको सफलता छ ।

हिमालको चिसो वातावरणको प्रभाव एक चराको फुलभित्रको भागमा समेत  हुन्छ । अण्डा भित्रै चराको भुत्ला उम्रिन्छ अन्डा फुट्ना साथ उ बाहिरको वातावरणसँग जुध्न सक्ने भएर निस्कन्छ । प्रकृतिले जीवलाई असाध्यै माया र अवसर दर्शाएको छ । यसो त वौद्ध दर्शनमा दुःख हटाउने ८ वटा पक्ष छन् । यसलाई  प्रगतिको मार्ग:

१.       ठीक दृष्टिकोण, २.       ठीक अभिप्राय, ३.       ठीक बोली, ४.       ठीक कार्य, ५.       ठीक जीवनशैली, ६.       ठीक प्रयास, ७.       ठीक सचेतना, ८.       ठीक एकाग्रता

यसको सार हेर्दा यसो भन्न सकिन्छ ः सोच्नु पनि कर्म गर्नु हो । राम्रो सोच्दा विज्ञानको नियमअनुसार राम्रो रसायन शरीरमा खेल्छ र राम्रो नतिजा आउँछ । यस्तै बोली, जीवन शैली, कार्य सबैमा सकारात्मकपन मिसाउनु राम्रो नतिजाको लागि ठाउँं राख्नु हो । ठूलो हुंँदैमा मानिस सुखलाई परास्त गर्न सक्दैन् ।

कविर वाणीमा यस्तो भाव राख्छन्ः

बड़ा भया तो क्या,जैसे पैड खजूर ।

पंथीको छाया नहीं, फल लागे अति दूर ।।

बढी चर्चा, नाम सम्मान र धन भएर पनि अरूको लागि उपायोगि नहुने वस्तु त्यो निरर्थक हो । सस्तो लोकप्रियता एक दिन बिलाएर जान्छ । कृतिम प्रकाश विलाएर जान्छ, त्यसैले कृतिम प्रकाश खोज्दै समय नष्ट गर्नुभन्दा सहज प्रकाशतर्फ आकर्षित बनौं  । तपाईं जुनसुकै पेशामा हुनुहोस्, चाहे तपाईं नृत्यमा किन नहोस् । तपार्इंले त्यहाँ आफूबाहेक अरु कसैलाई नदेख्नुहोस् आफू नृत्यमा केन्द्रित हुनुहोस् । त्यसपछि तपाईं आफैमा डुब्नुहुन्छ अनि तपाईंको नृत्य राम्रो हुन्छ । सबैको ताली पाउनुहुन्छ । त्यस्तै तपाई चित्रकार हुनुहुन्छ, लेखक हुनुहुन्छ, पत्रकार हुनुहुन्छ, व्यापारी हुनुहुन्छ जुनसुकै पेशामा भएपनि तपाई आफैँमा डुब्नुहोस्, अनि तपाईंको काम सफल हुन्छ अनि तपाई खुशी हुनुहुन्छ ।

आफूमा डुब्न अभ्यास र अनुशासन चाहिन्छ । कुनै पनि विषयमा लामो समयसम्म अभ्यास गरियो भने डुब्न सकिन्छ । सुरु–सुरुमा डुब्न सकिन्न, गाह्रोे हुन्छ । सुरुमा हामीलाई साइकल चलाउन सजिलो हुँदैन  । सहज भएन , सुख भएन । एउटा गाह्रोको फेज हुन्छ, विस्तारै त्यो फेज पार भएपछि सहजता आउँछ । सहज भैसकेपछि आनन्द आउँछ । आनन्द आइसकेपछि दिमागमा न्यूरनको एउटा नयाँ सञ्जाल  बन्छ । नेटवर्क बनिसकेपछि भोलिपल्ट पनि त्यस्तै गरौँ–गरौ जस्तो लाग्छ किनकी त्यो सञ्जालले तान्छ ।

अर्को दिन पनि गरौ–गरौँ लाग्छ । त्यसैले कुनै पनि कुराको रस ननिस्किदासम्म त्यो कुरा गरिरहनुपर्छ । सुरुका दिनमा रमाइलो हुँदैन, सजिलो हुँदैन् । धेरै गाह्रो हुन्छ । धेरै संघर्ष गर्नुपर्छ, जब एक क्लिक लाग्छ अनि मात्र सहज हुन्छ र आनन्द आउन थाल्छ ।

सबैभन्दा पहिला अनुशासन चाहिन्छ । अनुशासन भयो भने आफ्नो सपनालाई बिर्सिदैन्, आफ्नो सपनालाई निरन्तरता दिइन्छ । अनशासन भयो भने कामलाई निरन्तरता दिइन्छ । त्यसपछि आफैभित्र डुब्नुप¥यो । ओशोको भनाइमा तिमी यती आफूभित्र डुब कि तिमीलाई एक्लै हुँदा पनि  एक्लोपनको महसुस नहोस् । सुखी हुन यता उता के भइरहेको छ होइन, म के गरिरहेको छु भनेर आफ्नो काममा निरन्तरता दिदैं आफैभित्र चुर्लुम्म डुब्नु प¥यो । यस्तै डा. विकासानन्दको भनाइमा आफैँभित्र डुब्नुभयो भने तपाईंको काम सफल हुन्छ र तपाईं खुसी हुनुहुन्छ । अब तपाईं अरुलाई खुसी पार्नुहोस । अरुलाई खुसी पार्नु नै सफलता हो ।

अभ्यास ंअनुशासनंआफैँभित्रंडुब्नु आफू खुशी हुनुंअरुलाई खुशी पार्नुंसफलता र खुसी । हामी कहाँ जन्मियौ, परिवार कस्तो थियो, हुर्काइ कस्तो रह्यो, समाज कस्तो छ, अहिले कस्तो साथीहरूसँग संगत छ, जीवन बिताउने साथी कस्तो छ त्यसैको समजोडको नतिजा नै आज हामी हौं । संगत सुगा र फलामको प्रसंगजस्तै हो । तसर्थ संगत सुधार  नै आफ्नो सुधारको पहिलो चरण हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah