सुनसरीको धरानमा आफैले चलाएकाे माेटरसाइकललाई ट्याकटर ठक्कर दिदाँ नेकपा १ नं प्रदेश कमिटी सदस्य अइन्द्रबिक्रम बेघा घाइते भएका छन् ।

रत्न चोकबाट रेल्वेतर्फ जादै गरेको ट्याक्टरले धरान १७ स्थित बीच घोपामा घाइते बेघाले चलाएकाे माेटरसाइकलाई ठक्कर दिएकाे थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नाे साइटबाट हिडिरहेकाे उनलाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको बताइएकाे छ । घाइते बेघाको खुट्टामा चोट लाग्नुका साथै जीउमा पनि सामान्य चोटपटक लागेकाे प्रतिष्ठानस्थित प्रहरी पोष्टले जनाएकाे छ ।

उनकाे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

दुर्घटना पछि ट्याक्टर चालक भने फरार भएको बताइएको छ ।