काठमाण्डु , १४ भदौैै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न मन्त्री भट्टराई शनिबार बिहान उनकै निवास बुढानीलकण्ठ पुगेका हुन् ।भेटमा मन्त्रालयले गरिरहेको काम र केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रमका विषयमा देउवा सँग आफूले कुराकानी गरेको मन्त्री भट्टराईले बताए ।

मन्त्रालयका काम र भ्रमण वर्ष २०२० लाई अझ बढी प्रभावकारी बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेकाले प्रमुख प्रतिपक्षी दलको सुझाव समेट्दै अघि बढ्ने भट्टराईले बताए । आफूले राखेको कुराहरु प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अभिरुचिका साथ सुनिदिएका र महत्वपूर्ण सल्लाह र सुझाव पनि दिएका मन्त्री भट्टराईले बताए ।