नेपालगञ्जबाट दैलेख लैजान लागिएका थप ८ वटा गाई मृत फेला परेका छन् । सुर्खेत वीरेन्द्रनगरको सुब्बाकुनामा मृत गाई फेला परेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका अनुगमन उपशाखाका प्रमुख यामलाल ढकाले थप आठवटा गाई मृत भेएिको पुष्टि गरेका छन् । यसअघि सुर्खेतको वीरेन्द्रनगरको कटकुवामा २३ वटा गाई मृत अवस्थामा भेटिएका थिए । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका दुईसय ९१ गाईमध्ये सुब्बाकुनामा पनि ८ वटा मृत गाई फेला परेको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसरी गाई सम्बन्धित ठाउँमा नपु¥याई बिच बाटोमै धकेलेर हत्या गर्नु अमानविय व्यवहार भएको भन्दै नागरिकहरु आक्रोशित भएका छन् ।

यता, पाँच वटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चौपाया छोडेर बाँकेको नेपालगञ्जतर्फ फर्कँदैँ गरेका पाँच वटा ट्रक र चालकलाई बबईमा नियन्त्रणमा लिएको हो । यसअघि शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सुर्खेतको जंगलमा मृत भेटिएको घटनाले आफु स्तब्ध भएको बताएका थिए ।