काठमाण्डु, १५ भदौ– काठमाण्डुको दरबारमार्गस्थित नबिल बैङ्कको एटीएमबाट रकम चोरी गर्ने पाँच चिनियाँ पक्राउ परेका छन् । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन । आजै दिउँसो पत्रकार सम्मेलन गरी हिरोहलाई सार्वजनिक गर्ने तयारी छ । उनीहरुल महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले उनीहरुलाई दरबारमार्गबाट पक्राउ गरेको हो ।
उनीहरुका साथबाट १ करोड २६ लाख नेपाली र करिब १० हजार अमेरिकी डलर बरामद भएको छ । अनधिकृत रुपमा नबील बैंकबाट पैसा निकाल्दै गर्दा पक्राउ परेका एक जनाको सूचनाका आधारमा बाँकीलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।










